शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलालको निधन
काठमाडौं, ०३ चैत्र -नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको आज बिहान बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । केही हप्ता यता श्रेष्ठलाई भेन्टीलेटरमा राखेर उपचार गराउदै आईएको थियो । श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित श्रेष्ठलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
बामपन्थी आन्दोलनका सहयोद्धा श्रेष्ठलाई पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषय वस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उहाँसँग सरसल्लाह लिने गर्छन् । लामो समय प्रध्यापन पेशामा सकृय श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने पहिलो ब्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्ता समेत थिए ।उनी माणिक सरको नामले चर्चित र धेरैका आदरणीय समेत मानिन्छन् ।
मणिकलाल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय इश्वरलाल श्रेष्ठका भाई हुन। उनका दुई छोरा छन् ।विश्व प्रसिद्ध वरिस्ठ मुटु रोग बिशेषज्ञ प्रा. डा. मलखलाल श्रेष्ठ र डेन्ट्रेस्टिका विद्यावारिधी गरेका चर्चित डा. सितुलाल श्रेष्ठ उनका दुई छोरा हुन । नेपालकी पहिलो महिला वकिल तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायधिस सुशिला श्रेष्ठ (शिलु सिंह)स्वर्गिय श्रेष्ठकी धर्मपत्नी हुन । उनको दश महिना अघि मात्रै निधन भएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्