Techie IT
शनिबार, असार ७,२०८२

एमालेका उपाध्यक्ष बामदेव गौतम पक्षको आज छुट्टै भेला


काठमाडौं, ३ चैत । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पक्षले आज छुट्टै भेला आयोजना गर्ने भएको छ ।

बल्खुस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेपछि हुने भेलामा अध्यक्ष केपी शर्मा अ‍ोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गरिने बताइएको छ ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री अ‍ोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर झलनाथ–माधव र बामदेव समूहको सबै जिम्मेवारी खोसेपछि दुवै समूह संस्थापनपक्षसँग रुष्ट बन्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:07 am7:03 pm +0545