अवैध सालको काठ सहित आठ जना पक्राउ
चितवन । मुग्लिङ प्रहरीले अवैध काठसहित ८ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो चार बजे अवैध काठ सहित ८ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ईच्छाकानमा गाउँपालिका ४ वस्ने ४० बर्षीया बल बहादुर प्रजा, सोही ठाउँ बस्ने १८ बर्षीया दिवश प्रजा, ३५ बर्षीया जुनमाया चेपाङ, गोरखा गण्डकी गाउँपालिका २ बस्ने २० बर्षीया राजेन्द्र चेपाङ, २२ बर्षीया सुरेश चेपाङ, १९ बर्षीया डम्बर चेपाङ, १९ बर्षकै रेशम चेपाङ र ४५ बर्षीया कुन माया चेपाङ रहेका छन् ।
उनीहरुलाइ गोरखाबाट फिस्लिङतर्फ आउने क्रम्मा ईच्छाकामना गाउँपालिका ३ फिस्लिङबाट अबैध सालको चिरान काठ थान-४७, सिमलको बाकल थान- ६१ नाम्लो लगाएर बोकी फिस्लिङ तर्फ ल्याई रहेको अबस्थामा पक्राउ गरेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
(एसपी) अधिकारीका अनुसार पक्राउ परेकाहरु सबैलाइ नियन्त्रणमा लिएर बरामद गरिएको काठको मचुल्का समेत गरी आवश्यक कार्वाहीका लागी जिल्ला बन कार्यालयमा बुझाईएको बताए । पछिल्लो समय चितवन प्रहरीले मातहतका इकाइहरुलाइ कडाइका साथ आफ्नु एरियामा निगरानी बढाउन निर्देशन दिएसंगै चितवनमा प्रहरीले एकपछि अर्को गर्दै सफलता हासिल गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्