काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकियो ,आगामाी वैशाखमा काष्ठमण्डपको नयाँ स्वरुप देख्न पाइने
काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण कार्यं भइरहेको छ ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको थियो । शुरुवाती चरणमा निर्माका सामाग्रीहरु समयमै उपलब्ध गराउन नसक्दा काम ढिला भएको तर अहिले तिब्र रुपमा काम भइरहेको बताइएको छ ।
निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमित रूपमा खटिइरहेका छन् । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम यो महिनाभित्रै सकिने र आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइन्छ ।
यस ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई चरणबद्धरूपमा आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणका लागि केही काठ पुरानै प्रयोग भएता पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकतानुरूप चरणबद्ध रुपमा ल्याइएको समितिले बताएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##९० प्रतिशत, ##काष्ठमण्डप पुनःनिर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्