सूचना प्रविधिको दुरुपयोग रोकिनुपर्र्छ : विज्ञ
सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् । आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने उहाँहरुको जोड छ । कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घ (क्यान महासङ्घले) आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भए पनि यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको बताउनुभयो । “सूचना प्रविधिको पहुँच र प्रयोग तीव्ररूपमा बढेको छ । समाचार पत्र र सञ्चारगृह आफैँमा द्विविधामा छन् कुन विषयवस्तु कसरी दिने भनेर ।
सूचना सम्प्रेषणमा प्रविधिले राम्रो कुरा ल्याएको छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता स्थापित गर्न पनि धेरैहदसम्म भूमिका खेलेको छ, प्रविधिसँगै आएका खराब पक्षलाई मिडिया, पाठक र समाजले पनि प्राथमिकता निर्धारण गर्न अपरिहार्य छ”, उहाँले भन्नुभयो । पत्रकार प्रधानले पत्रकारले सूचना, मनोरञ्जन र अत्याचारलाई छुट्टयाएर पत्रकारितालाई जिम्मेवार बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताउनुभयो ।
उहाँले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताउनुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सूचना प्रविधिको दुरुपयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्