सिराहामा बम विस्फोट ,गोईत समूहको संलग्नताको आशंका

सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोटमा गोईत समूहको संलग्नताको आशंका गरिएको छ । घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएकाले यहि समूहले बिष्फोट गराएको हुन सक्ने सिराहाको प्रहरी प्रमुख शालिकराम शर्माले जानकारी दिएका छन ।
आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।
आईतबार मालपोत कार्यलयभित्रै भएको बम विस्फोटमा परी ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
घाइते सातै जनाको लहानस्थित अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाईतेलाई थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भईरहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिएका छन ।
मालपोत कार्यालयको मुख्य कागजात राखिएको कोठामा बम बिस्फोटबाट भएको क्षतिको पूर्ण बिवरण अहिलेसम्म आईसकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिराहामा बम विस्फोट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्