सिराहामा बम विस्फोट ,गोईत समूहको संलग्नताको आशंका
सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोटमा गोईत समूहको संलग्नताको आशंका गरिएको छ । घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएकाले यहि समूहले बिष्फोट गराएको हुन सक्ने सिराहाको प्रहरी प्रमुख शालिकराम शर्माले जानकारी दिएका छन ।
आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।
आईतबार मालपोत कार्यलयभित्रै भएको बम विस्फोटमा परी ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
घाइते सातै जनाको लहानस्थित अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाईतेलाई थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भईरहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिएका छन ।
मालपोत कार्यालयको मुख्य कागजात राखिएको कोठामा बम बिस्फोटबाट भएको क्षतिको पूर्ण बिवरण अहिलेसम्म आईसकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिराहामा बम विस्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्