Techie IT
शनिबार, जेठ ४,२०८२

११ महिनाको बालकमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण


काठमाडौँ । त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

डा भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताउनु भएको छ । बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले फेसबुकमार्फत जानकारी दिनु भएको छ ।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताउनुभयो ।

पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो । टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिवि शिक्षण (टिचिङ) अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:48 pm +0545