बिभिन्न बहानामा कांग्रेसको महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने धारणा राख्नुभयो ।
“अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफँै अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद् छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो । विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उहाँले ससंदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइने उल्लेख गर्नुभयो ।
उहाँले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्