सरकार अल्पमतमा पर्ने सम्भावना बढेर गएपछि जसपाले माग्यो प्रधानमन्त्री पद
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको छ ।
एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बढेर गएपछि बहुमत जुटाउने प्रयासहरू भइरहेका बेला जसपाले नेतृत्वमा दाबी गरको हो । जसपाका नेता राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको पनि दाबी रहेको बताए ।
प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भएको वार्ता सकारात्मक रहेको जनाएका यादवले शुक्रबार बस्ने जसपाको संसदीय दलले सरकारको नेतृत्व दाबी गर्न सक्ने बताएका छन् । उनले सरकारमा जान जसपाका केही सर्तहरू रहेको भन्दै सर्त पूरा गर्न परारम्भीक चरण पार गर्नुपर्ने बताए ।
नेता यादवले जसपामा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव प्रधानमन्त्री बन्ने क्षमता राख्ने बताए । उनले भने, ‘जसपाले नेतृत्व पायो भने तीन जना नेताहरू हुनुहुन्छ । सहमति गरेर एक जना नेताले नेतृत्व दिनुहुन्छ ।’
एमालेको अहिलेको सरकारलाई नेकपा (माओवादी) केन्द्रको समर्थन छ । माओवादीले समर्थन फिर्ता लियो भने के गर्ने भन्नेमा प्रधानमन्त्री ओली पहिलानै तयारी अवस्थामा रहन चाहन्छन् । ओलीले जसपाका मागहरू पूरा गरेर एमाले र जसपाको गठबन्धनमा सरकार बनाउने पक्षमा छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार बनाउन रुचि देखाएका छैनन् । उनीहरूले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर मात्रै नयाँ समीकरण गरेर जानुपर्ने पक्षमा धारणा राख्दै आएका छन् ।
उता, जसपाका नेता बाबुराम भट्टराई एमालेको सरकार अर्थात प्रधानमन्त्री ओलीसँग मिलेर जाने पक्षमा छैनन् । ओलीसँगको दुई वटा वार्तालाई भट्टराईले बहिस्कार गरिसकेका छन् । भट्टराई वार्तामा नगए पनि उपेन्द्र यादव भने सहभागी हुँदै आएका छन् ।
यसअघि सरकारमा उपेन्द्र सहभागी भएका थिए । उप–प्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका उपेन्द्रले कार्यसम्पादन गर्न नसकेको भनेर ओलीले हटाइदिएका थिए ।
सत्ताका लागि सधैँ मरिहत्ते गर्ने गरेको आरोप खेप्दै आएका उपेन्द्रफेरि ओली सरकारमा सहभागी हुने तयारीमा छन् । जसपामा सरकारका विषयमा दुई धार देखिएको चर्चा छ । तर, भट्टराई बाहेक सबै नेताहरू ओलीसँग सहकार्य गरेर आकर्षक मन्त्रालयहरू लिएर सरकारमा जानुपर्ने पक्षमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जसपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्