म्याग्दीको पुनहिलमा दृश्य अवलोकन स्थलसहितको आश्रयस्थल निर्माण

सीता पौडेल , काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकन स्थलसहितको आश्रयस्थल निर्माण भएको छ ।
समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।
आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । पानी र हिउँ पर्दासमेत सुरक्षित तरिकाले दृश्यावलोकन गर्ने भूमिगत दृश्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाइएको अध्यक्ष पुनले बताए ।
सरकारले पुनहिललाई पर्यटकीय गन्तव्यको १०० नम्बर सूचीमा राखेको छ । आश्रयस्थलको चारैतिर गुराँसे जङ्गलको बीचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ«े मनास्लु, लगायत २० वटा हिमाल र सूर्योदयको अवलोकन गर्न सकिने अध्यक्ष पुनले जानकारी दिए ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : ##पुनहिल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्