Techie IT
शुक्रबार, वैशाख २६,२०८२

आज साँझपख पहाडी भूभागमा वर्षाको सम्भावना


काठमाडौं । पश्चिमी वायुको प्रभावले आज साँझपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

अहिले देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने तर अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस र अधिकतम तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस छ ।


क्याटेगोरी : समाचार
ट्याग : #वर्षाको सम्भावना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545