Techie IT
आईतबार, वैशाख १३,२०८३

रघुजी पन्तविरुद्ध कोमल वलीले उजुरी दिने


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपाको प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तविरुद्ध उजुरी दिने हुनु भएको छ ।

नेतृ वलीले नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा भोलि (मंगलबार) उजुरी दिन लाग्नु भएको हो । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लाग्नु भएको हो ।

यसअघि गत फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले वलीमाथि प्रश्न उठाउनु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रघुजी पन्तविरुद्ध कोमल वली


तपाईको कमेन्ट लेख्नुहोस्