आउने भयो मेलम्ची ,छाउने भयो खुशी
काठमाडौं । मेलम्चीको खानेपानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झारिने भएको छ । आज दिउँसो आयोजनाको सुरुङबाट सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पानी झारिने भएको हो । शुरुको पानीमा सुरुङभित्रको फोहोर समेत मिसिएर आउने भएकोले सुरुको पानी आज रातभर बागमती नदीमा बगाइने आयोजनाले जनाएको छ । ।
आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो भने मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङ भित्रको ढोका बन्द गरेर सजगता अपनाइएको थियो । अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् ।
सुन्दरीजलमा आज आइपुग्ने पानीको आज बेलुका ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा वलीले अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । यो सफल परीक्षणपछि अब तीन महिनाभित्र काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने योजनामा सरकार छ । मेलम्चीको पानी आएसँगै काठमाडौं उपत्यकाभित्र अभाव रहेको खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : ##मेलम्चीको खानेपानी, ##सुन्दरीजलमा झारिने, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्