निजगढ विमानस्थलमा चलखेल
निजगढ

काठमाडौं – निजगढ विमानस्थल निर्माण प्रक्रियामा ठूलो आर्थिक चलखेलको खुलासा भएको छ । विमानस्थलको गुरुयोजना निर्माण परामर्शदाता छनोटमा ‘एरोडरोम सेफ्टी स्ट्यान्डर्डस डिपार्टमेन्ट’मा दरबन्दी रहे पनि शक्तिकेन्द्र धाएर राष्ट्रिय गौरव आयोजनाको प्रमुखका रुपमा काजमा रहेका प्रदीप अधिकारीकै संलग्नतामा अनियमितता भएको खुलेको हो ।
गुरुयोजना निर्माणका लागि भएको प्राविधिक छनोटमा कार्यालयको मापदण्ड अनुसार उच्च मूल्याङ्कन पाएको कम्पनीलाई पाखा लगाएर प्रमुख अधिकारीले कम मूल्याङ्कन भएको कम्पनीलाई छनोट गरेको पाईएको छ । सो क्रममा उनले ठूलै आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी समेत परेको छ । गत माघ ७ गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ‘सी ०२२५८९’ रहेको छ ।
गत ५ जनवरी २०२० मा अन्तराष्ट्रिय आवेदन माग भए अनुसार आवेदन परेका विभिन्न ६ कम्पनीहरुमध्येबाट तोकिएको मापदण्डका आधारमा तीन कम्पनीहरु छनोट गरिएको थियो । छनोटको अन्तिम चरणमा NACO-PUMORI कम्पनीले सबै भन्दा बढी ७७ अंक पाएको थियो । अर्को, CG-INFRATA-BDA JV CG-INFRATA-BDA JV ले ५७ अंक पाएको थियो ।
त्यस्तै, DORSCH-SITARA ले ५४ अंक पाएको थियो । सबै भन्दा बढी ७७ अंक NACO-PUMORI कम्पनीले पाएपनि काम भने ५७ अंक मात्रै पाएको CG-INFRATA-BDA JV कम्पनीले पाएको छ । छनोट हुनका लागि न्युनतम ६० अंक भन्दा माथि सबैभन्दा बढी ल्याउने कम्पनी हुनुपर्ने मापदण्ड रहेको छ । तर, मापदण्डकै धज्जी उड्ने गरी पास नम्बर समेत नपाएको कम्पनीलाई कामको जिम्मा दिनुले परियोजनाकै बेईज्जती भएको भन्दै विरोध भएको छ ।
कम मूल्याङ्कन पाएको कम्पनीलाई नम्बर थप गरेर छनोट गर्ने प्रमुख अधिकारीको चलखेलका कारण नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक (डीजी) राजन पोखरेलले समेत हैरानी व्यक्त गर्ने गरेको एक कर्मचारीले हिमालय पोष्टलाई बताएका छन् । विषयविज्ञता भए डीजी पोखरेलको सोझोपनको फाईदा उठाउँदै अधिकारीले क्यानलाई दुरुपयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन् । प्रमुख अधिकारीले बिट गरिएको रकमको ३० प्रतिशतसम्म खुलेआम पैसा माग्ने गरेको कम्पनीहरुले सूचना दिएका छन् ।
श्रोतका अनुसार उनले विभागीय मन्त्री र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई समेत भाग पुर्याउनु पर्छ भन्दै पैसा माग्ने गरेको जानकारी आएको छ । उनले मन्त्रीलाई कोट, बेल्ट, टाई र जुत्ता समेत आँफुले दिनुपर्ने भन्दै राष्ट्रिय गौरवका आयोजनाका ठेकेदार तथा परामर्शदाता कम्पनीहरुबाट पैसा उठाउने गरेको श्रोतले जानकारी दिएको छ । यद्दपी पोखरेल भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरिरहेका छन् ।
क्याटेगोरी : पर्यटन, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्