तारकेश्वर साङ्गलामा प्रहरीद्धारा गाँजा फडानी (भिडियो सहित )
राधेश्याम तिमलसिना (पुकार)
काठमाडौं । तारकेश्वर नगरपालिका आन्तर्गत उपल्लो गाउँ, ढकाल चौर, कुन्चीप्वाकल र देवकोटा टोल लगायत क्षेत्रमा गाँजा फडानी गरिएको छ । महानगरीय प्रहरी बृत बालाजु र तानपा वडा नं १ को कार्यालये संयुत रुपमा आयोजना गरेको गाँजा फडानी कार्यमा बालाजु बृतका प्रहरी एवं स्थानीय बासीहरुले पनि साथ दिए ।
बिशेषगरी नगरपालिकाको माथिल्लो भेगको पाखाहरुमा गाँजाको बोट झाँगिदै झाडीकै रुप लिन थालेपछि गाँजा उत्पादनमा रोक लगाउने अभियानको थालनी गरिएको वाडा अध्यक्ष बिदुर सापकोटाले बताए ।
सोही नगरपालिकाको साङ्लास्थित तीन वर्षअघि नै केही व्यक्तिहरुको समुहले गाँजा फडानी अभियान सुरु गरेको थियो । स्थानीय तहका जनप्रतिनिधिको पहल र प्रहरीको सहयोगमा अहिले सोही अभियानलाई निरन्तरता बताइएको छ ।

महानगरीय प्रहरी बृत बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाका अनुसार लागु औषध नियन्त्रण तथा उन्मूलनका लागि नेपाल प्रहरीको टोलीले तारकेश्वर नगरपालिकाभित्र झाँगिएका गाँजा फडानी गर्ने अभियानका साथ सुरु गरेको हो ।
गाँजा फडानी सँगै स्थानीय क्षेत्रमा लागु औषध सेवन गर्नेहरुको कमी हुने कोइरालाको धारण छ । बालाजु प्रहरी बृतले गाँजासंगै घरेलु मदिराको नियन्त्रण ,अबैध बालुवा उत्खननमा नियन्त्रण, चोरी डकैती लगायत शान्ति सुरक्षामा विशेष अभियान चलाएको बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले बताए ।
तस्वीर : मोहन अधिकारी


भिडियो
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर साङ्गला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्