पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न
काठमाडौं– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
काठमाडौंमा शुक्रबार भएको अधिवेशनले महासचिव बालकृष्ण अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरोज कोइरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । मुलुक प्रादेशिक संरचनामा गएसँगै महासंघले पनि तीन वर्षअघि प्रादेशिक समितिहरु गठन गरेको थियो ।
अधिवेशनलाई महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, टिकाराम प्रधान, महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारी, उपाध्यक्षद्वय बोमलाल गिरी, कालिका शिवाकोटीलगायतले सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।
अधिवेशनले कोरोना महामारीलाई बहाना बनाएर कतिपय सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलबसुविधा नदिने कार्यतुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ ।
पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको बहानामा सूचना विभागले दिन प्रेस पास बन्द गरेकोमा आपत्ति जनाएको छ । ‘त्यसलाई सहज बनाएर सञ्चार गृहले पाउने सेवासुविधा रोक्न सरकारसँग माग गर्दछ,’ विशेष प्रस्तावमा भनिएको छ ।
प्रतिष्ठान प्रदेश अन्र्तगतका पत्रकार महासंघका सबै सदस्यहरूको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन तथा गम्भीर र जटिल रोगको उपचारका लागि केन्द्रीय समितिसँग आवश्यक पहल लिने प्रस्ताव पनि पारित भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्