चालक अनुमतिपत्र (लाइसेन्स) , परीक्षा उत्तीर्ण भएको महिना दिनमै पाइने
काठमाडौं । अब चालक अनुमतिपत्र ( लाइसेन्स ) ,परीक्षा उत्तीर्ण भएको महिना दिनमै प्राप्त गर्न सकिने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले ठूलो संख्यामा कार्ड खरिद गर्ने प्रकृया अगाडि बढाएको छ । मास प्रिन्टरको अत्याधिक प्रयोग गरेर एकै दिन धैरै संख्यामा लाइसेन्स छापिने यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले बताएका छन् । निर्देशक पौडेलका अनुसार विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्छ । नयाँ कार्ड आउना साथ उक्त प्रिन्टरलाई आवश्यत्तक्तका आधारमा बढी भन्दा बढी प्रयोगमा ल्याइने योजना अनुसार विभाग अगाडि बढेको हुँदा परिक्षा उत्रिर्ण भएकालाई महिना दिनमै लाइसेन्स उपलब्ध गराउन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
“ यो योजना अनुसार कार्य गर्दा पाँच लाखभन्दा बढी सेवाग्राही भएता पनि सरदर ३० प्रतिशत मात्र परिक्षामा पास हुने र यस मास प्रिन्टरको क्षमता धेरै भएको हुँदा महिना दिनमै लाइसेन्स उपलब्ध गराउन सकिने कुरामा आफु ढुक्क छु “ । उनले भने ।
कोरेना भाइस (कोभिड–१९) का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ लाइसेन्स लिन रोकिएको कार्यलाई सहज अलि सहज भएसँगै गत पुसमा पुनः खुलाएको हो । पुस यता अनुमतिपत्रका लागि अनलाइन माध्यममार्फत देशभरबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्