फाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्मृति सभा गरिदै

काठमाडौं, १३ फाल्गुण- स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आयोजनामा फाल्गुण १८ गते भरतमोहन स्मृति सभा गरिने भएको छ । उक्त सभा फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको हो । फाउण्डेसनकी संस्थापक लिमा अधिकारीका अनुसार कार्यक्रम विराटनगर पोखरिया स्थित बिष्णु माया पुस्तकालय प्रांगणमा हुनेछ ।
स्मृतिसभामा भरतमोहन अधिकारीको योगदान बारे छलफल, स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको प्रदेश नं १ को घोषणा साथै अग्रज कम्युनिस्ट एवम् जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम रहेको पनि संस्थापक अधिकारीले जानकारी दिएकी छिन । स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्