नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध ट्रेड युनियन संगठन एकताका लागि प्रक्रिया शुरु

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ ।
दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।
उक्त समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना गुरुङ, धनबहादुर विक, जनक चौधरी, जय कार्की, उषा देवकोटा र सोनालाल साह हुनुहुन्छ ।
समितिले प्रदेश र जिल्ला कमिटीभित्रका साथै उद्योग, यातायात, पर्यटनलगायत क्षेत्रमा विस्तार गरेको सदस्य युनियनको समेत एकता प्रक्रियालाई व्यवस्थित गर्नेछ । समितिले एकताका लागि आवश्यक विधान निर्माण गरी पदाधिकारी तथा केन्द्रीय कमिटीको सदस्य संख्याको टुंगो लगाउने नवगठित समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकता भएर नेकपा घोषणा हुँदा तीन महिना भदौ ३ भित्र आधारभूत तहसम्म एकता गरिसक्ने भनिएको भए पनि समयमै आवश्यक विधान र नियमावली बन्न नसकेका कारण अहिलेसम्म कुनै पनि जनवर्गीय संगठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसअघि पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनको जिम्मेवारीमा रहेका इञ्चार्ज, सह इञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्ष रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको बताइएको छ । दुबै पार्टीको विद्यार्थी संगठन र युवा संगठन पनि एकताका लागि गृहकार्य भइरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्