नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध ट्रेड युनियन संगठन एकताका लागि प्रक्रिया शुरु
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ ।
दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।
उक्त समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना गुरुङ, धनबहादुर विक, जनक चौधरी, जय कार्की, उषा देवकोटा र सोनालाल साह हुनुहुन्छ ।
समितिले प्रदेश र जिल्ला कमिटीभित्रका साथै उद्योग, यातायात, पर्यटनलगायत क्षेत्रमा विस्तार गरेको सदस्य युनियनको समेत एकता प्रक्रियालाई व्यवस्थित गर्नेछ । समितिले एकताका लागि आवश्यक विधान निर्माण गरी पदाधिकारी तथा केन्द्रीय कमिटीको सदस्य संख्याको टुंगो लगाउने नवगठित समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकता भएर नेकपा घोषणा हुँदा तीन महिना भदौ ३ भित्र आधारभूत तहसम्म एकता गरिसक्ने भनिएको भए पनि समयमै आवश्यक विधान र नियमावली बन्न नसकेका कारण अहिलेसम्म कुनै पनि जनवर्गीय संगठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसअघि पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनको जिम्मेवारीमा रहेका इञ्चार्ज, सह इञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्ष रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको बताइएको छ । दुबै पार्टीको विद्यार्थी संगठन र युवा संगठन पनि एकताका लागि गृहकार्य भइरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्