सुत्केरी व्यथा लागेको चौध घण्टापछि उद्धार

हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको चौध घण्टापछि उद्धार गरिएको छ ।आइतबार विहानैदेखि सुत्केरी व्यथाले थला परेकी ती गर्भवती महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापको ८ महिनाको भएको तर समय नपुग्दै व्यथाले चापेपछि आमा र गर्भमा भएको वच्चाको स्वास्थयको लागि हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए।
जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथाले च्यापेपछि उनलाई स्वास्थ्यचौकीमा ल्याइएको र खार्पुनाथ गाउँपालिका १ देउखुरीबाट उद्वार गरिएको हो ।
स्टे«चरमा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटामा बेस्सरी पेट दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकप्टरको व्यवस्था गरेको अनमी बोहोराको भनाई छ ।
व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । थापाको उद्धारका लागि प्रयोग भएको हेलिकप्टरको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिने त्यहाँका प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
पछिल्लो समय विकट स्थानमा सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीहरुको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गर्भवती, ##हुम्ला, #चौध घण्टापछि उद्धार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्