स्याङ्गजामा दुईवटा सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ
स्याङ्गजा । स्याङ्गजा जिल्लाको वालिङ्ग हुँदै सेतीवेणी र गल्याङ्ग हुँदै सेतीवेणी जोड्ने दुई सडक खण्ड कालो पत्रे गर्ने कार्यको शुभारम्भ भएको छ ।
माननीय कृर्षि तथा पशुपन्छी विकास मन्त्री पद्ममा कुमारी अर्यालले आइतबार यी दुबै सडकको कालोपत्रे गर्ने कार्यको सिलान्यास गर्नु भएको हो । मन्त्री अर्यालको पहलमा अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले खरिद प्रकृया र निर्माण कार्य अगाडि बढाउन सहमति समेत गरिसकेको छ ।
यस अघि नै सेतीवेनी–पेलाकोट–गल्याङ–चापाकोट–डण्डा–नवलपुर सडक (वैकल्पिक राजमार्ग) का लागि १५ करोड र जगत भञ्जाङ–मण्डीथान –केवरे भन्ज्याङ–बारीकुना–किसान–चापाकोट–गजरकोट सडक स्याङ्जा का लागि २० करोड विनियोजन भएकोमा स्तरोन्नतिका लागि थप १५ करोडको सीमाभित्र रही निर्माण कार्य अघि बढाउने योजना रहेको जनाइएको छ ।
साथै आगामी वर्षको सिलिङभित्र बजेट प्रस्ताव गर्ने गरी अर्थ मन्त्रालयले सहमति प्रदान गरेको मन्त्री अर्यालले जानकारि दिनुभयो।

क्याटेगोरी : समाचार
ट्याग : ## स्याङ्गजा, #सडक कालोपत्रे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्