नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि ६३ वटा चलचित्र छनोट
काठमाडौं। नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०का लागि ६३ वटा चलचित्र छनोटमा परेका छन्।
आगामी बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने यो चलचित्र महोत्सवमा विश्वभरका ५२ देशबाट प्राप्त चार सय ५० चलचित्रबाट ३१ देशका ६३ चलचित्र मात्र छनोटमा परेका हुन्।
कोरोना महामारीको कारण तथा विभिन्न सीमितताका कारण सबै देशको सबै राम्रो चलचित्र छनोट गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।
महामारीका कारण नेपाली फिचर चलचित्र प्रतिस्पर्धाअन्र्तगतका चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रकर्मीले अझै केही थप समय मागेकाले नेपाली फिचर चलचित्रको नाम सार्वजनिक नगरिएको अध्यक्ष पाठकले बताए।
त्यस्तै, केही विशेष, उत्कृष्ट र विषयप्रधान चलचित्रहरू प्राप्त भएको खण्डमा प्रतिस्पर्धामा सहभागी नगराइकनै प्रर्दशन गरिनेछ। निफको चौथो संस्करण फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ।
विश्वका कथाहरूको कथ्य उत्सव नाता तय गरिएको उक्त महोत्सवलाई फिल्मी संस्कृतिको विकास गर्ने उद्देश्य रहेको अध्यक्ष पाठक बताउँछन्। यो वर्ष महामारीको विषयमा बनेको चलचित्रका लागि अलग्गै विधा थपिएको छ। उक्त विधामा उत्कृष्ट हुने एक चलचित्रलाई पाँच सय डलर राशी पुरस्कारसहित अवार्ड प्रदान गरिनेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्