महाधिवेशन र आन्दोलनबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै
१४औँ महाधिवेशन र आन्दोलनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने बताए । बैठकमा १४औं महाधिवेशनबारे छलफल हुने उनले बताएका छन ।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । महाधिवेशन यसअघि तोकिएको मितिमा संभव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ । फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ ।
कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेको छैन । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्