सरकारी कम्यूनिष्ट र सडकका कम्यूनिष्ट दूबै मुलुकका लागि घातक : कांग्रेस नेता जोशी
नेपाली कांग्रेस संखुवासभाले आयोजना गरेको बिरोध सभा ( फोटो फिचर सहित )
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नबिन्द्रराज जोशिले ओली सरकार मक्ता हात्ती भएको आरोप लगाउनुभएको छ । संखुवासभामा आज नेपाली कांग्रेसले गरेको बिरोधसभामा बोल्दै उहाँले मत्ता हात्तीले नेपाली जनतामाथि थिचोमिचो गरेको आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली जनताको आन्दोलनको बलमा बनेको संबिधानमाथि कुठाराघात गरेको बताउनुभयो । ओलीले सिंगो देश र जनतामाथि बलत्कार गरेको भन्दै वर्तमान कम्यूनिष्ट सरकारलाई जनताले चाडै ठेगानलगाउनेसमेत बताउनुभयो । सरकारले बिघटन गरेको संविधानसभा नेपाल कांग्रेसको आन्दोलनको बलमा पुर्नस्थापना हुने उहाँको भनाई थियो ।

कम्यूनिष्टहरुको पतन शुरु भएको भन्दै जोशीले अहिले सरकारी कम्यूनिष्ट र सडकका कम्यूनिष्ट दूबै मुलुकका लागि घातक भएको बताउनुभयो । उहाँले वर्तमान सरकाले निर्वाचनको नाटक गरेर सर्वसत्तावाद लाद्न खोजेकाले त्यो अभिष्ट पूरा हुन नदिने बताउनुभयो । जोशीले निर्वाचन गरेर देखाउन ओली सरकारलाई चूनौतिसमेत दिनुभयो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्, नेपाली कांग्रेसका जिल्ला साभपति दिपनकुमार श्रेष्ठलगायतलगायतले स्थानीस्तरबाट उठेको जनलहरले कम्यूनिष्ट सरकार ढाल्ने ठोकुवा गर्नुभयो ।

क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #नाबिन्द्रराज जोशी, #नेपालि कांग्रेस, #बिरोध सभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्