कर्मचारी मैत्री फुटवल प्रतियोगिताको उपाधि चैनपुरलाई ( फोटो फिचर )

संखुवासभाको चैनपुरमा कर्मचारी मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
शुक्रबार चैनपुर नगरपालिका स्थित चैनपुर रंगशालामा आयोजना भएको कर्मचारी मैत्रीपूर्ण फुटबल प्रतियोगितामा खाँदबारी नगरपालिकाका कर्मचारीलाई चैनपुर नगरपालिका कर्मचारी टोलीले पराजित गरेको छ।
स्थानीय तहका कर्माचारी बिच आपसी भाइचारा, मित्रता, एकता र क्षमता अभिवृदी गर्न जिल्लाका दुई छिमेकी पालिकाहरु चैनपुर नगरपालिका र खाँदबारी नगरपालिका कर्मचारीहरु बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो।
संखुवासभा बहुमुखी क्याम्पसको रंगशालामा भएको खेलमा आयोजक चैनापुर नगरका टिमले खाँदबारी नगरका कर्मचारी टिमलाई २ – 0 को गोल अन्तरले पराजित गरेको थियो । चैनपुर नगरपालिकाका लागि जीवन राई र घनेन्द्र नेपालले १ र १ गोल गरेका थिए। मैत्रीपुर्ण फुटबल खेल कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा चैनपुर नगरपालिकाका उपप्रमुख मुना श्रेष्ठले गरेका थिए।
मैत्रीपुर्ण खेलले कर्माचारी बिच आपसी भाईचारा र मित्रता कायम गर्न मद्धत पुर्याएको खाँदबारी नगरपालिकाका निमित्त प्रसासकिय अधिकृत दीपकमणि घिमिरेले बताए। यस्ता प्रतियोगिताहरुले आन्तरीक पर्यटनमा समेत टेवा पुर्याउने चैनपुर उद्योग बाणिज्य संघका अध्यक्ष आशिष शाक्यको भनाई छ।
कर्मचारी मैत्रीपुर्ण फुटबल खेल कार्यक्रमको मुख्य संयोजन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठले गरेका थिए।
क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #चैनपुर नगरपालिका, #फुटबल प्रतियोगिता, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्