तारकेश्वर ८ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
२९ माघ, काठमाडौं।
तारकेश्वर नगरपालिका वडा नं.८ को वडा कार्यालय मनमैजुको डाँडागाउँमा आज जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्य गर्दै आइरहेको महिला बालबालिका साखा प्रमुख प्रतिमा मिश्रले बताउनुभयो ।
आज मनमैजुको वडा नं। ८ का अध्यक्ष मनोज कुमार घिमिरेको सभापतित्वमा भएको न्यानो कपडा वितरण कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख रामेश्वर बोहोरा, विशेष अतिथि उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालको हातबाट ७० वर्ष भन्दा माथिका भत्ता कार्ड भएका जेष्ठ ८७ जना नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।



आज जेष्ठ नागरिक ९६ वर्षिय ज्ञानकुमारी उपाध्यायलाई नगर प्रमुख बोहोराले न्यानो कपडा दिएर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । आज न्यानो कपडा लिन छुटेकाहरुलाई वडा कार्यालयले पछि वितरण गर्ने वडा अध्यक्ष मनोज कुमार घिमिरेले बताउनुभएको छ । घिमिरेकाअनुसार तारकेश्वर नगरपालिका वडा नंं। ८ भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरेका सबैले अबदेखि निःशुल्क ल्याव सेवा पाउने भएका छन् ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण साखा प्रमुख प्रतिमा मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै नगर स्वास्थ्य साखा प्रमुख बिनोद शाहले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं। ८ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामेश्वर बोहोराले तारकेश्वर नगरपालिका भित्रका जेष्ठ नागरिक र एकल महिलाहरुका लागि स्वास्थ्यमा विशेष कार्यक्रम छिट्टै सञ्चालन गर्न नगरपालिका लागिरहेको बताएका थिए । त्यस्तै तारकेश्वर १ साङ्लामा डाइलासिस सेन्टरको मेसिन किन्ने कार्य अगाडी बढेकाले छिट्टै काम सुरु हुने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका वडा नं. ७
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्