‘भागरथी’ निर्मला पन्त र ‘सम्झना कामीका न्यायलागि ग्रामीण र एनआर क्याम्पसका नेविसंघका विद्यार्थी बृहत प्रदर्शनमा उत्रिए
२९ माघ, काठमाडौं ।
बैतडीमा किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेता र कार्यकर्ता र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।
सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए । नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए । कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ, स्वेच्छा उप्रेती, लक्ष्मी सिलबाल, जिबन राना, किरण भट्टराई, सुबास घिमिरे, प्रबिन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिय ।
कोण सभामा सम्बोधन गर्ने नेताहरूले बलात्कारीलाई कानुनी कारबाही गर्न, ‘भागरथी’ निर्मला पन्त र ‘सम्झना कामीका लागिन्यायको माग गरेका थिय । आज बिहान विद्यार्थीहरुले करिब एक घन्टा चक्काजामसमेत गराएका छन
बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेबि सघ नेता शुशिल भट्टले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #ग्रामीण र एनआर क्याम्पस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्