Techie IT
बुधबार, वैशाख २४,२०८२

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


२८ माघ, काठमाडौं ।

सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो ।.

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पट्रोलियम पदार्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545