Techie IT
बुधबार, वैशाख २४,२०८२

‘प्रचण्ड’ नेपाल समूहको भृकुटीमण्डपमा जुलुस


दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो । विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

 

सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ । प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा  दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो ।

 

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो । दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो ।

विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ । सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545