महासंघको बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा सुवोध कुमार गुप्ता मनोनित
काठमाडौँ — माघ २७, २०७७।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् । महासंघले सोमबार उनलाई सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा गुप्तालाई बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको उल्लेख गरिएको छ ।
महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवाल उक्त समितीको सभापति छन् । यस समितिले नेपालका बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतका वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदी उकास्न भूमिका खेल्ने गर्छ ।महासंघ भित्रको एक प्रमुख समितीका रुपमा रहदै आएको उक्त समितीले सभापति र उपसभापति दुवै काबिल पाएको महासंघ भित्र चर्चा हुन थालेको छ ।
महासंघले गठन गरेको अन्य कमिटीमा पनि गुप्तालाई सदस्यका रूपमा मनोनित गरिएको छ । सुबोध कुमार गुप्ता नेपाल तेल, चामल, दाल संघका केन्द्रिय अध्यक्ष साथै वीरगञ्ज उद्योग संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्