Techie IT
सोमबार, वैशाख २२,२०८२

चार करोड ठग्ने दुई जना पक्राउ


नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी आज केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो ।

को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

चालक लुट्ने तीन पक्राउ

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले धारिलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले बिहीबार राति ११ बजे बा२ज २७१३ र बा२ज ३६६९ नम्बरको टक्सीमा यात्रु बनेर धारिलो हतियार देखाई ठगी गर्ने नुवाकोटका १८ वर्षीय कविन परियार, टोखाका २३ वर्षीय राहुल शिल्पकार र झापाका २५ वर्षीय विराज ढकाललाई पक्राउ गरेको हो । जसमा परियार र शिल्पकारलाई बिहीबार बेलुका र ढकाललाई आज बिहान पक्राउ गरेको हो ।

उनीहरुले दुवै ट्याक्सीको चालकलाई बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हेपाली हाइट पु¥याएर चक्कु देखाई मोवाइल र नगद लुटपाट गरको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुसँग नगद रु पाँच हजार ६००, छ थान मोवाइल, एक थान औँठी, तीन थान धारिलो हतियार समेत बरामद गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545