२२६ जना पत्रकारले खोप लगाए
पत्रकार
काठमाडौँ, । पत्रकारहरुलाई खोप लगाउन शुरु गरिएको आज पहिलो दिन काठमाडौँ उपत्यकामा कार्यरत २२६ जना पत्रकारले खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित सिभिल अस्पताल खोप केन्द्रमा सूचना विभाग प्रेस पास वा नेपाल पत्रकार महासंघको परिचय पत्र बोकेका २२६ जना पत्रकारहरुले खोप लगाएका हुन् ।
सिभिल अस्पतालमा विहान १० देखि अपरान्ह ३ : ३० बजेसम्म खोप दिइएको थियो ।
यसैगरी आजबाट पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत कर्मचारीहरुलाई खोप दिईदै छ । त्रिवि शिक्षण अस्पताल तथा शहीद गंगालाल हृदयकेन्द्र बाँसबारीमा राजदूतावास तथा कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुका लागि खोप दिन सुरु गरिएको छ । यो खोप अभियान आगामी शुक्रबारसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत १४ माघ देखि शुरु भएको खोप अभियानमा शुरुमा फ्रन्टलाइन हेल्थ वर्करहरुलाई खोप दिइएको थियो । गत शनिबारसम्म कुल १ लाख ८४ हजार ८५७ जनालाई लगाइ सकिएको छ ।
भारत सरकारले अनुदानमा उपलव्ध गराईएको १० लाख डोज कोभिसिल्डबाट अभियान जारी रहेको छ
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्