Techie IT
मंगलबार, असार २४,२०८२

बसुन्धारामा अवस्थित साउथवेस्टन स्कूलका प्रिन्सिपल लाई राष्ट्रिय सम्मान


काठमाण्डौँको बसुन्धारामा अवस्थित साउथवेस्टन स्कूलका प्रिन्सिपल रमेश अधिकारीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

आर. के. इन्टरटेन्मेन्ट ग्रुपको २०औं वार्षिक उत्सवको अवसरमा उक्त संथाद्वारा नेपालको विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विशिष्ठ व्यक्तित्वहरूलाई सम्मान गर्न काठमाडौंको राष्ट्रिय सभागृहमा फाल्ग’ण २४ गते शनिबार आयोजित एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको थियो ।

शिक्षाक्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत राष्ट्रिय प्रतिभा सम्मान अन्तर्गत उहाँ सम्मान्न गरिएको हो ।

कार्यक्रममा डा. भोला रिजाल, कुलमान घिसिङ, निर विरविक्रम शाह, महावीर पुन, करिस्मा मानन्धर, सपना रोकाय मगर लगायतका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा संस्थाले आयोजना गरेका डान्स तथा सिङ्गिङका विजेताहरूलाई पुस्कार वितरण पनि गरिएको थियो ।

सम्मान समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गरुङ प्रमुख अतिथि तथा महानायक राजेश हमाल विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

साउथवेस्टन ग्रुपका संस्थापकहरूमध्येका एक अधिकारी लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत रहेका छन । साथै जे. पी. प्रतिष्ठानको आजीवन सदस्य रहेर समाजसेवामा समर्पित हुनुहुन्छ । उहाँले यसै वर्ष अन्तराष्ट्रियस्तरको बेष्ट प्रिन्सिपल अवार्ड प्राप्त गनर्’भएको थियो भने साउथवेस्टन कलजले यो एकवर्षको अवधिमा ३ वटा अन्तराष्ट्रिय अवार्ड हात पारेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #साउथवेस्टन कलेजका प्रिन्सिपल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:13 am7:04 pm +0545