मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागेको ः सञ्चारमन्त्री
पार्वत गुरुङ

काठमाडौँ, २४ माघ ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताउनु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य भएको स्पष्ट पार्दै त्यसलाई पूरा गर्न सरकार लागि परेको बताउनु भएको हो ।
शनिबार काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा आयोजित एक कार्यक्रमका बीच गायक नविन कार्कीको गिती एल्वम ‘नविन’को लोकार्पण गर्दै उहाँले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गर्नु भयो ।
‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘सरकारको सो अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुले सक्दो सहयोग पु¥याउनु पर्दछ ।’
उहाँले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन पनि अनुरोध गर्नु भयो । विचलित नभई निरन्तर लागि रहन सके गीत, संगीतलगायतका हरेक क्षेत्र समृद्ध भएर जाने उहाँको भनाई थियो । त्यस अवसरमा मन्त्री गुरुङले समाज परिवर्तनका लागि गायक कार्कीले गायनको क्षेत्रमा गरिरहेको प्रयासको पनि चर्चा गर्नु भयो ।
एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिनु भएको छ । समारोहमा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गर्नु भएको थियो । दोलखाको जफेमा जन्मनु भएका गायक कार्की सानै देखि गीत, संगीतको क्षेत्रमा लाग्नुु भएको थियो ।
समारोहमा संगीतकार शक्ति बल्लभ, गीतकार देवेन्द्र केसी, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बलराम थापा, नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाका अध्यक्ष पुुस्करराज बुुढाथोकीलगायतले गायक कार्कीको गायन क्षेत्रको यात्राको सफलताको कामना गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्