क्रसर ब्यावसायीसंग घुस लिने भैंसेका प्रहरी प्रमुख दुरा पक्राउ
मकवानपुर । नेपाल प्रहरीमा कायारर्त एक जना जुनियर प्रहरी अधिकृत पक्राउ परेका छन् । प्रहरी चौकी भैंसेमा कायारर्त प्रहरी नायब निरीक्षक (सइ) भरत प्रसाद दुरा तीन हजार रुपैयाँँ घुससहित पक्राउ परेका हुन् ।
अवैध रूपमा सञ्चालित केही क्रसरसँग घुस रकम लिने गरेको भन्ने गुनासोका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले उनलाइ हिजो शुक्रबार दिउँसो ३ बजे भिमफेदी गाउँपालिका सानिटारबाट पक्राउ गरेको हो ।
स्थानीय क्रसर राजु लामासंग घुस रकम लिइसकेको अवस्थामा दुरालाइ प्रदेशको टोलीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनलाई आवश्यक कार्वाही तथा अनुसन्धानका लागी आज शनिबार निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी निलम्बनमा परेपछि अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यहाँ अर्को इन्चार्ज पठाउने तयारी गरेको छ । मकवानपुरमा प्रहरी प्रमुखको रूपमा एसपी सोमेन्द्र सिंह राठौरले नेतृत्व सम्हालिरहेका छन् । उनलेे नेतृत्व लिएको महिना दिन नबित्दै शुक्रबार घुस सहित जुनियर प्रहरी अधिकृत पक्राउ पर्नुले पनि उनलेे परिचालन गरेका प्रहरी अधिकारीहरु घुसमा कतिसम्म लिप्त छन् भन्ने तथ्य यो घट्नाले पुष्टि गरेको छ । एसपी राठौर आफैं पनि बिवादास्पद छवि भएका प्रहरी अधिकृत रहेको उनीसंगै काम गरेका एक सिनियर प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्