क्रसर ब्यावसायीसंग घुस लिने भैंसेका प्रहरी प्रमुख दुरा पक्राउ

मकवानपुर । नेपाल प्रहरीमा कायारर्त एक जना जुनियर प्रहरी अधिकृत पक्राउ परेका छन् । प्रहरी चौकी भैंसेमा कायारर्त प्रहरी नायब निरीक्षक (सइ) भरत प्रसाद दुरा तीन हजार रुपैयाँँ घुससहित पक्राउ परेका हुन् ।
अवैध रूपमा सञ्चालित केही क्रसरसँग घुस रकम लिने गरेको भन्ने गुनासोका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले उनलाइ हिजो शुक्रबार दिउँसो ३ बजे भिमफेदी गाउँपालिका सानिटारबाट पक्राउ गरेको हो ।
स्थानीय क्रसर राजु लामासंग घुस रकम लिइसकेको अवस्थामा दुरालाइ प्रदेशको टोलीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनलाई आवश्यक कार्वाही तथा अनुसन्धानका लागी आज शनिबार निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी निलम्बनमा परेपछि अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यहाँ अर्को इन्चार्ज पठाउने तयारी गरेको छ । मकवानपुरमा प्रहरी प्रमुखको रूपमा एसपी सोमेन्द्र सिंह राठौरले नेतृत्व सम्हालिरहेका छन् । उनलेे नेतृत्व लिएको महिना दिन नबित्दै शुक्रबार घुस सहित जुनियर प्रहरी अधिकृत पक्राउ पर्नुले पनि उनलेे परिचालन गरेका प्रहरी अधिकारीहरु घुसमा कतिसम्म लिप्त छन् भन्ने तथ्य यो घट्नाले पुष्टि गरेको छ । एसपी राठौर आफैं पनि बिवादास्पद छवि भएका प्रहरी अधिकृत रहेको उनीसंगै काम गरेका एक सिनियर प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्