नेपाल कला, साहित्य संगीतमा पहिलेदेखि नै समृद्ध छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परम्परागत अवस्थादेखि नै कला, साहित्य र संगीतमा समृद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै आज उहाँले नेपालले प्राचीनकालमै विभिन्न आविष्कार गरेपनि तिनको दाबी, रक्षा र विकास गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रयासमा सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपमा विपन्न भएपनि अन्य कुरामा धनी भएको उल्लेख गर्दै सरकारले समृद्धिसँगै सुखी नेपालीको लागि आठ प्रतिशतको उत्पादन वृद्धिको लक्ष्यका साथ विभिन्न योजना अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले आगामी तीन वर्षमा नेपाल सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको मुलुक बन्ने दाबी समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ वार्षिक प्रतिवेदन बुझाउनु भएको थियो ।
प्रतिष्ठानले आव २०७३÷७४ मा सरकारबाट प्राप्त र आफ्नो आय गरी कूल बजेट १५ करोड खर्च गरी विभिन्न कार्यक्रम कार्यान्वयन गरेको कुलपति उप्रेतीले जानकारी दिनुभयो । प्रतिष्ठानले २१ वटा पुस्तक यस वर्ष प्रकाशन गरेको र थप २९ वटा पुस्तक तयार गरी छपाइका लागि प्रेसमा पठाएको जनाएको छ ।
आव २०७४÷७५ मा १६ करोडको बजेट खर्च गरी प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेको छ जसमध्ये ४१ वटा अध्ययन–अनुसन्धान र ग्रन्थ लेखनको काम, २८ वटा पुस्तकको प्रकाशन तथा ४४ पुस्तक प्रकाशनका लागि छापाखानामा पठाइएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्