कांग्रेसको मुल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक – नेता भट्टराई

संखुवासभा, खाँदबारी, २२ माघ – जनता समाजबादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताउनुभएको छ । उँहाले कांग्रेसको मुल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक बनेको आरोप पनि लगाउनुभयो । संखुवासभाको खाँदबारीमा आज जनता समाजबादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधि सभा अहिले पनि जीवित रहेको दाबी गर्नुभयो । उँहाले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत आरोप लगाउनुभयो । नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन नसकेको उँहाको भनाइ छ ।
राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि उँहाको भनाई थियो । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुने र अरुलाई पनि सर्वनाश पार्ने बताउनुभयो । उँहाले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिनुभयो । भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाविना कुनै हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्व्याउन चुनावी तयारीको नाटक गरिरहेको आरोप लगाउनुभयो ।
भोली शुक्रबार हुने विरोध सभालाई सम्बोधन गर्न पत्नि हिसिला यामी सहित नेता भट्टराई संखुवासभाको खाँदबारी आएका हुन् ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #जनता समाजबादि पार्टी, #जसपा, #डा . बाबुराम भट्टराई, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्