कांग्रेसको मुल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक – नेता भट्टराई
संखुवासभा, खाँदबारी, २२ माघ – जनता समाजबादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताउनुभएको छ । उँहाले कांग्रेसको मुल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक बनेको आरोप पनि लगाउनुभयो । संखुवासभाको खाँदबारीमा आज जनता समाजबादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधि सभा अहिले पनि जीवित रहेको दाबी गर्नुभयो । उँहाले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत आरोप लगाउनुभयो । नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन नसकेको उँहाको भनाइ छ ।
राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि उँहाको भनाई थियो । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुने र अरुलाई पनि सर्वनाश पार्ने बताउनुभयो । उँहाले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिनुभयो । भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाविना कुनै हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्व्याउन चुनावी तयारीको नाटक गरिरहेको आरोप लगाउनुभयो ।
भोली शुक्रबार हुने विरोध सभालाई सम्बोधन गर्न पत्नि हिसिला यामी सहित नेता भट्टराई संखुवासभाको खाँदबारी आएका हुन् ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #जनता समाजबादि पार्टी, #जसपा, #डा . बाबुराम भट्टराई, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्