संखुवासभा काङ्रेसले शुरु गर्यो ” गरिखाने अभियान “
“निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”– युवा नेता खड्का
संखुवासभा, २२ माघ । पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभामा ‘गरिखाने अभियान’ सुरु भएको छ ।
नेपाली काँग्रेसको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना विशेष समितिको आयोजनामा संखुवासभा क्षेत्र नं २ को केन्द्र चैनपुरमा नेपाल दलित सङ्घ क्षेत्रीय कार्यकर्ता भेला एवम् ‘गरिखाने अभियान’ सुरु गरिएको हो ।

विशेष समितिका सहसंयोजक एवम् नेपाली काँग्रेसका युवा नेता दिपक खड्काको विशेष पहलमा भएको उक्त कार्यक्रममा विपन्न तथा गरिब जनताको आर्थिक उन्नती गर्दै सिङ्गो संखुवासभाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
कार्यक्रममा पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले सरकार मुलुकको विकासका लागि भन्दापनि सत्ताको लोभमा लागेको उल्लेख गर्नुभयो । “निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”–युवा नेता खड्काले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा गोविन्दराज पोखरेलले नेपालको समृद्धिको लागि युवालाई आत्मनिर्भर र कर्मशील बनाउनुपर्ने बताउनुभयो । “युवालाई कर्मशील र गरिखाने बनाएमात्र देशको विकास हुन्छ,”–उहाँले भन्नुभयो ।
अर्थविद् राजु नेपालले ‘गरिखाने अभियान’ अभियानले विपन्न जनतालाई सहुलियतपूर्ण ऋण दिएर आयआर्जनमा लगाउने भएकाले इच्छुक व्यक्तिले लाभ लिनसक्ने बताउनुभयो ।

नेपाली काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले समृद्ध संखुवासभा निर्माणका लागि गरिखाने अभियानलाई जिल्लाभरी विस्तार गर्दै लैजाने बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #काँग्रेस, #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्