मनाङमा ५.३ म्याग्निच्युडको भूकम्प
काठमाडौं, २० माघ । गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ५.३ रेक्टरस्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु मनाङको नार आसपासमा रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेटमा उक्त भूकम्पको धक्का महशुस गरिएको केन्द्रको भनाइ छ ।
उक्त भूकम्पको धक्का मनाङ आसपासका जिल्ला तथा काठमाडौमा समेत गरिएको थियो । धक्कालगत्तै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायत जिल्लाका स्थानीयहरूले सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन् ।
यसअघि माघ १९ गते सोमबार बिहान २:३४ बजे बझाङको गडराय आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको थियो । उक्त भूकम्प ३.७ रेक्टर स्केलको रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्