सभामुखको हर्कतमा राष्ट्रियसभा अध्यक्ष असहमत

काठमाडौं । संवैधानिक परिषद्को पत्र फिर्ता गर्ने प्रतिनिधिसभा सभामुखको हर्कतमा राष्ट्रिय सभा अध्यक्षले असहमति जनाउँदै विरोध गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हिजोमात्रै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गर्नुभएको थियो ।
सभामुखको सो कार्यको विरोध गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन नै आयोजना गर्नुभयो । पत्रकारबीच आफ्नो लिखित मन्तब्य राख्दै अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रिय सभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाउनु भएको हो ।
सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवनसमेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै उहाँले ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आफूले आपत्ति जनाउनु परेको स्पष्ट गर्नु भएको छ ।
वै सदनको सम्पत्ति भएको उहाँको जिकिर थियो । यो तौरतरिका पत्र फिर्ता गर्ने ‘गलत प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको उहाँले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय सभा अध्यक्ष
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्