Techie IT
मंगलबार, मंसीर २,२०८३

नेकपा तारकेश्वरले ११ वटै वडामा भेला गर्दै कुन वडामा कहिले ?


केपी ओली निकट नेकपा तारकेश्वर नगरकमिटिले वडा भेलाको आयोजना गर्दे छ । वडा वडा मार्फत नगर कमिटिका पदाधिकारीहरु लागी छलफल गर्ने एवं माघ २३ गते हुने नेकपाको बृहत भेलाको तयारी स्वरुप नगरकमिटीले भेला राखेको मेयर रामेश्वर बोहोराले बताए ।

मेयर रामेश्वर बोहोराका अनुसार तारकेश्वरमा गरिने भेलामा तानपा १ नंं वडाको भेला माघ २२ बिहान ८ बजे साङ्लामा, तानपा २ को भेला माघ २१ गते बिहान ८ बजे कालिदेवी स्कुलमा, तानपा ३ को भेला माघ २० गते पाटी कार्यालय तिनपिप्लेमा, तानपा ४ को भेला माघ २१ गते गुह्वेश्वरीमा, तानपा ५ को भेला माघ २१ गते बेलुका ४ बजे जेनल स्कुलमा रहने छ ।

यस्तै तानपा ६ को भेला माघ २१ गते बिहान ८ बजे ग्रामसेवा स्कुलमा, तानपा ७ को भेला माघ २१ गते बिहान ८ बजे फुटुङ चौरमा, तानपा ८को भेला माघ २० गते नगरकमिटीको कार्यालयमा, तानपा ९ को भेला माघ २१ गते वडा कार्यालयमा, तानपा १० को भेला माघ २१ गते बेलुका ४ बजे मनमैजु सास्कृतीक समाजको भवनमा र तानपा ११ को भेला माघ २० गते बेलुका ४ बजे वडा कार्यालयमा बस्ने निर्णय भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्