जगडोलमा ह्वीलचियर दौड सम्पन्न
१७ माघ, काठमाडौं।
सहिद दिवसको अवसर पारेर मेरुदण्डीय पक्षघात समुह नेपाल र शान्ति तथा सहिद पार्क जगडोलले ह्वीलचियर दौड आयोजना गरेको छ।गोकर्णेश्वर नगरपालिका अन्य संघसस्थाहरुको सहकार्यमा सञ्चालन भएको साहसिक ह्विलचियर दौडमा ३८जना पुरुष र १४।जना ह्वीलचियर प्रयोगकर्ताले भाग लिएका थिए।गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र म्याराथुन धावक बैकुण्ठ मानन्धरले सयुक्तरुपमा दौडको उद्घाटन गरेका थिए।






ह्वीलचियर दौडमा पुरुषतर्फ रमेश खत्री प्रथम तथा विष्णुपुकार श्रेष्ठद्वीतीय भएका थिए भने खुमबहादुर पाण्डे तृतीय भए।महिला तर्फबाट प्रथम। द्धितीय र तृतीय क्रमश। पुजा चौधरी, इश्वरीकुमारी कुमाल र रजनी राई भएका थिए ।विजेता खेलाडीहरु मध्ये प्रथम हुनेले नगद पन्ध्र हजार र द्धितीय हुनेले रु दश हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँका साथै शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि मेयर सन्तोष चालिसे मेरुदण्ड पक्षघात भएका ब्यक्तिलाई आफूले सधै प्राथमिकतामा राखेको र पदमा नहरदा पनि मेरुदण्डीय पक्षघात समुह नेपाल संस्थाको स्थायित्वको लागि दीर्घकालीन कार्ययोजना बनाउन लागि परेको बताए।

कार्यक्रममा शान्ति तथा सहिद पार्क जगडोलका अध्यक्ष सुदर्शन सिग्देल, वडानं। ८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना, म्याराथुन धावक बैकुण्ठ मानन्धर, गोकर्णेश्वर नगरपालिका युवा, खेलकुद विभाग प्रमुख रामकुमार यादवले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव केशव थापाले गरेका थिए । त्यस्तै उक्त दौडको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन समाजसेवी अशोक मानन्धरले गरेका थिए।कार्यक्रम मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #मेरुदण्डीय पक्षघात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्