तारकेश्वर नगरपालिका वडा नं. ७ स्थित नागपोखरी थापा गाउँमा बिहिबारदेखि सार्वजनिक नयाँ बस सञ्चालनमा

१६ माघ, काठमाडौं ।
तारकेश्वर नगरपालिका वडा नं. ७ स्थित नागपोखरी थापा गाउँमा बिहिबारदेखि सार्वजनिक नयाँ बस सञ्चालनमा आएको छ । धेरै पहिलादेखि स्थानीय जनताको माग पुरा भएको छ । ज्येष्ठ नागरिक काले थापाको प्रमुख आथित्यमा बिहिबार बिहान भएको रुट उद्घाटन तारकेश्वर नगरपालिका वडा नं.७ का वडा सदस्य मिठाराम खत्रीले रिबन काटेर उद्घाटन गरेका थिए ।
थापा गाउँ टोल सुधार समिति र सन्तानेश्वर महादेव मन्दिरका अध्यक्ष अर्जुन थापाकाअनुसार त्यस ठाउँमा भाडा बसको अत्यधिक माग भएको र आवश्यकता देखिएकाले भाडा बस सञ्चालन गर्न बालाजु–बाइसधारा यातायात प्रा।लि।लाई बारम्बार जानकारी गराउँदा सफल भएको बताएका थिए ।
कार्यक्रममा स्थानीय उपभोक्ताहरु, महिला समूह, सुरक्षाकर्मीको बाक्लो उपस्थीति रहेको थियो । सार्वजनिक बसको रुट सञ्चालन भएपछि स्थानीयबासीमा खुशी छाएको थियो । कार्यक्रमका सभापति तथा बालाजु–बाइसधारा यातायात प्रा.लि. का अध्यक्ष प्रेमबहादुर शाहीले थापा गाउँमा राम्रोसँग बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका वडा नं. ७
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्