इन्फ्रास्टक्चर बैंकको आइपिओ बाँडफाँड, कसले कति पाए ?
१६, माघ काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओआज ९माघ १६० बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।
यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर पाउनेहरु पनि छन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको थियो । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल इन्फ्रास्ट्रक्चर बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्