Techie IT
सोमबार, वैशाख २२,२०८२

मध्यरातमा भण्डारा प्रहरीको अप्रेसन : ११० केजी गाँजा सहित ट्रक नियन्त्रणमा, चालक फरार


चितवन । चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (बुधबार) राती १० बजे पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर १ स्थित पिप्लेमा रहेको राष्ट्रिय आधारभूत विद्यालय नजिकबाट अन्दाजी ११० केजी अवैैध लागूऔषध (गाँजा) बरामद गरेको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६. ख. १३७१ नम्बरको ट्रकमा सवार चालक र सहचालक ट्रक छाडेर एक्कासी फरार भएपछि उक्त ट्रकमा नेपाल प्रहरीका तर्फबाट प्रहरी निरीक्षक गिरी र सशस्त्र प्रहरी बल भण्डाराको तर्फबाट सहायक निरीक्षक जगत प्रसाद सुनारीको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा र ट्रकलाइ आवश्यक कार्वाहीका लागी ईलाका प्रहरीले कार्यालय भण्डाराले आफ्नु नियन्त्रणमा लिएको छ भने ट्रकका चालक र गाँजा ल्याउने समूहहरु भने फरार रहेको प्रहरीले जनाएको छ । भण्डारामा मुद्दा नचल्ने भएकोले आवश्यक कार्वाहीका लागी भोली (बिहीबार) ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइने प्रहरी स्रोतले जनाएको छ । यस बिषयमा चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545