अखिल क्रान्तिकारीद्वारा चितवनमा शैक्षिक हड्तालको घोषणा
चितवन । सरकारद्वारा प्रतिबन्धित बिप्लव नेतृत्वको अखिल क्रान्तिकारीले भोलि (बिहीबार) चितवन जिल्लाका सम्पुर्ण शैक्षिकसंस्था बन्दको आव्हान गरेको छ ।
चितवन जिल्लाका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक ‘सम्राट’ भन्ने सुमन श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको बिरोधमा अखिल क्रान्तिकारीले भोली (बिहीबार) एक दिनका लागी जिल्लाभरका सम्पुर्ण शैक्षिकसंस्था बन्दको आव्हान गरेको हो ।
शंकास्पद गतिविधी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले धादिङ गल्छी गाउँपालिका वडा नंम्बर ०१ घर भइ हाल भरतपुर महानगरपालिका वडा नंम्बर ११ बस्ने बर्ष २४ को सुमन श्रेष्ठलाई माघ ९ गते भरतपुर १० स्थित सप्तगण्डी चोकबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाइ सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) माओवादीले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अप्रवाह फैलाइ समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्राय लिइ उच्छृङ्खल गतिविधि गर्ने योजना बनाएको आरोप लागेको छ । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङका अनुसार पक्राउ परेका श्रेष्ठमाथि माघ ९ गते बाट नै लागु हुने गरी सात दिन हिरासतमा राख्ने गरी म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्