नेपालमा कोरोनाविरुद्धको खोप शुरू हुनुअघिनै २ लाख ७० हजार भन्दा बढी संक्रमित , २०१७ जनाको मृत्यु

काठमाडौं माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू हुँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिसकिएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ भने सोही संख्याका संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको १ वर्ष ३ दिनपछि बुधबारदेखि यो अभियान शुरू गर्न लागिएको हो ।
यो अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ हजार १७ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको यो दर ०.७४ प्रतिशत हो ।
मंगलबारसम्म नेपालमा २ लाख ७० हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ हजार १७ जनाको मृत्यु भएको हो भने २ लाख ६४ हजार ८२३ जना संक्रमित निको भइसकेका छन् । निको हुनेको यो दर ९८.०४ प्रतिशत हो ।
त्यसैगरी मंगलबारसम्म देशभरका विभिन्न क्वारेन्टिनमा १२२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोनाविरुद्धको खोप शुरू
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्