नेपालमा कोरोनाविरुद्धको खोप शुरू हुनुअघिनै २ लाख ७० हजार भन्दा बढी संक्रमित , २०१७ जनाको मृत्यु
काठमाडौं माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू हुँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिसकिएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ भने सोही संख्याका संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको १ वर्ष ३ दिनपछि बुधबारदेखि यो अभियान शुरू गर्न लागिएको हो ।
यो अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ हजार १७ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको यो दर ०.७४ प्रतिशत हो ।
मंगलबारसम्म नेपालमा २ लाख ७० हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ हजार १७ जनाको मृत्यु भएको हो भने २ लाख ६४ हजार ८२३ जना संक्रमित निको भइसकेका छन् । निको हुनेको यो दर ९८.०४ प्रतिशत हो ।
त्यसैगरी मंगलबारसम्म देशभरका विभिन्न क्वारेन्टिनमा १२२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोनाविरुद्धको खोप शुरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्