Techie IT
सोमबार, वैशाख २२,२०८२

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


 

 

१४ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए ।

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’

 

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।

नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिए । उनले भारतबाट किनेर पनि खोप ल्याइने बताए


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545