ललितपुरमा घरभित्रै दम्पती मृत फेला

६,माघ काठमाण्डौँ
ललितपुरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । सोमबार बिहान महालक्ष्मी नगरपालिका(७ चाँगाथलीमा रहेको घरको ग्राउन्ड फ्लोरमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले रातोपाटीलाई बताए । एसपी महर्जनका अनुसार भित्रबाट लक गरिएको अवस्थामा उनीहरुको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको हो । शव नजिकै एउटा भाँडोमा बान्ता गरेको र विषादीको बट्टासमेत फेला परेको छ ।
राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान रहेको छ ।
उनीहरु आइतबार रातिसम्म आमाबुबासँग फोन सम्पर्कमा थिए । तर बिहान सम्पर्क हुन छोडेको प्रहरीले बताएको छ । सम्पर्क हुन नसकेपछि घरबेटीलाई खबर गरिएको थियो । घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ। केही अघिमात्रै राजधानीको टोखामा पनि एक दम्पत्ती मृत फेला परेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्