ललितपुरमा घरभित्रै दम्पती मृत फेला
६,माघ काठमाण्डौँ
ललितपुरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । सोमबार बिहान महालक्ष्मी नगरपालिका(७ चाँगाथलीमा रहेको घरको ग्राउन्ड फ्लोरमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले रातोपाटीलाई बताए । एसपी महर्जनका अनुसार भित्रबाट लक गरिएको अवस्थामा उनीहरुको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको हो । शव नजिकै एउटा भाँडोमा बान्ता गरेको र विषादीको बट्टासमेत फेला परेको छ ।
राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान रहेको छ ।
उनीहरु आइतबार रातिसम्म आमाबुबासँग फोन सम्पर्कमा थिए । तर बिहान सम्पर्क हुन छोडेको प्रहरीले बताएको छ । सम्पर्क हुन नसकेपछि घरबेटीलाई खबर गरिएको थियो । घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ। केही अघिमात्रै राजधानीको टोखामा पनि एक दम्पत्ती मृत फेला परेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्