Techie IT
सोमबार, असार २३,२०८२

उपप्रधानमन्त्री ईश्वर पोखरलद्धारा चिसिनी खाना महोत्सव उद्घाटन


मेनुका कार्की

चिसीनी तामाङ महिला समुहको आयोजनामा भएको फुड फेस्टिभलमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल माघ ३ गते सनिवार काठमाडौं क्षेत्र नं ५ को बुढानिलकण्ठ चिसिनी पुगेका छन।बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ५ मा निर्माणाधीन आइतवारे पार्कको अवलोकन पश्चात चिसिनी खाना महोत्सव उद्घाटन गर्न पुगेका पोखरेलले सो अवसरमा स्थानीयहरु संग अन्तरक्रिया समेत गरेका थिए।

बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,सिता लामा ,बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का सदस्यहरु श्याम कृष्ण ठकुरी ,नारायण दुलाल ,हेब्सिवा तामांग ,वडा नं ३ का सदस्य बिमला न्यौपाने ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल सहित पुगेका उपप्रधानमन्त्री पोखरेलले उक्त क्षेत्रको पर्यटन र पूर्वाधार निर्माणका लागि आफ्नो तर्फ बाट हर किसिमको सहयोग हुने बताउदै ठोस योजना ल्याउनका लागि जनप्रतिनिधिहरु संग आग्रह गरेका थिए।

निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका उपप्रधानमन्त्री पोखरेलले सो अवसरमा चिसिनी क्षेत्रमा सडक पूर्वाधार विकास भए पनि अन्य संरचना निर्माणको आवस्यकता रहेको बताउदै रत्यसका लागि सरोकारवाला स्थानीय र जनप्रतिनिधिहरु संग छलफल गरेर योजना तर्जुमा गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।

चिसीनी तामाङ महिला समुहको आयोजनामा भएको उक्त फेस्टिभलमा विभिन्न स्थानीय तथा अन्य खानाहरुको परिकारहरु लगायत कलाकार हरु काे बेजोड प्रस्तुती रहेको थियो|


क्याटेगोरी : समाचार
ट्याग : #चिसिनी खाना महोत्सव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:12 am7:04 pm +0545